यी हुन बिहिबार सर्वाधिक खरिदबिक्री हुने टप १० कम्पनी

३१ भाद्र २०७८, बिहीबार १५:२०

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०५ कित्ता शेयर किनबेच हुुँदा ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँको कारोबार भएको छ ।

आज पनि सधाँझै हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको ३८ करोड ६० लाख ४३ हजार ५०८ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, रिडि हाइड्रोपावरको २८ करोड ३८ लाख, अपि पावरको २५ करोड ५८ लाख, यूनाइटेड मोदी हाइड्रोपावरको २२ करोड ९८ लाख र हिमालयन डिस्टिलरीको २० करोड ४३ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*