अर्थतन्त्रमा समस्याका चाङ छन्, द्रुत गतीमा सुधारका लागि सरकार लागि रहेको छः अर्थमन्त्री पौडेल

१० माघ २०८१, बिहीबार १४:२५

काठमाडौँ। अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा समस्याका चाङ रहेको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थतन्त्रमा समस्याका चाङ रहेको र द्रुत गतिमा सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन्।

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार द्रुत गतिमा अघि बढि रहेको अर्थमन्त्री पौडेलले बताए। उनले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउन सरकार द्रुत गतिमा अघि बढि रहेको छ ।सोहि अनुसार हामिले काम गरिरहेका छौ ।सबैको सहयोग हुनुपर्छ। बैंकिङ प्रणालीमा तरलता बढ्दै गएको छ। ’

‘बैंकिङ प्रणालीमा रहेको तरलतालाई उत्पादन र रोजगारी सृजनामा बृद्धि गर्नुहोस्। सरकारसँग समस्याको चाङ छ ।छोटो समयमा ठुलो उपलब्धि हासिल गर्न चाहान्छौ । अर्थतन्त्रमा परिणाम आउने गरि माग गर्न चाहन्छ। अर्थतन्त्रलाई लयमा ल्याउनको लागि नै सरकारले अध्यादेश ल्याएका हौ । निरासालाई आशामा बदल्नका लागि ऐन संशोधन गरेको हो।’ उनले भने ।

विदेशि लगानी अभिबृद्धिमा सरकारले ठुलो फड्को मार्दै आएको बताए । ‘अध्यादेश कार्यन्वयनमा सरकार प्रतिवद्ध रहेको छ। विदेशि लगानि अभिबृद्धि भइरहेको छ। व्यवसायो वातावरण बनाउने हामि अग्रणी भूमिका खेल्दै छौ।’ पौडेलले भने ।

राष्ट्रिय वाणिज्य बैंक पनि सकारात्मक फड्को मार्दै जाने कुरामा आफु सुनिश्चित रहेको उनको धारणा छ । उनले भने, ‘यो बैंकको थप सेवा अब्बल बन्दै जानेछ । यो बैक अग्रिण बैंक हो । बैंक संकट र चुनौतीहरु समाना गर्दै अघि बढिरहेको छ । व्यवसाय र सेवा विस्तारका लागि अन्य बैंकलाई पनि उछल्नुहोस।’

उनले भने, ‘कर्मचारीको बृद्धि विकास र सेवा विस्तार हुनु पर्छ। कर्मचारीका लागि पनि बैंकको प्रगति पहिलो प्राथमिकतामा राख्नु पर्छ । कर्मचारी संगठनले समस्या समाधान गर्न समेत अर्थमन्त्रालय सक्रियता छ । कर्मचारीका माग सम्बोधन हुने विश्वास दिन चाहान्छु, साथसाथै कर्मचारीहरु पनि अब्बल सेबा दिन लागि पर्नुपर्छ।’

‘सेवा र सुविधालाई थप सक्रिय हुनु पर्छ। सचांललक र व्यवस्थापनमा मात्र बैंक सफल भएर हुदैन, कर्मचारी समेत अब्बल हुनु पर्छ।’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*