शेयर बजारमा भारी गिरावट आँउदा कुनले कमाए, गुमाए ?

३१ भाद्र २०७८, बिहीबार १५:१९

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सूचिकृत २ सय २९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा ९ अर्बको शेयर कारोबार भएको छ। आज नेप्से ७६.६५ अकंले घटेर भारी गिरावट आएको छ।

आज मनकामना स्मार्ट लघुवित्तको सकात्मक सर्किट लागेको छ। त्यस्तै, आईसीएफसी फाइनान्सको १.२३ प्रतिशत अकं, सानिमा बैंक लिमिटेड डिबेञ्चरको ०.७७ प्रतिशत अकं, सानिमा डिबेञ्चरको ०.४१ र सानिमा र्लाज क्याप फण्डको ०.४० प्रतिशत अकंले वृद्धि भएको हो ।

यस्तै, आज गुमाउने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंकको ८.१७ प्रतिशत अकं, श्री इन्भेष्टमेन्ट फाइनान्सको ७.१८ प्रतिशत अकं, आइसीएफसी फाइनान्सको ७.०३ प्रतिशत अकं, लिबेरी इर्नजीको ६.७४ प्रतिशत अकं र चन्द्रागिरी हिल्सको ६.५६ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*