निर्जीवन बीमकको व्यवसाय ७%ले बढ्यो, शिखर अग्रस्थानमा, बृद्धिदरमा नेपाल र ओरियण्टल

१० माघ २०८१, बिहीबार १३:३५

काठमाडौँ । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ रहेको छ ।  नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आवको सोही अवधिको तुलनामा ७.६७ प्रतिशतले बृद्धि भएको हो ।

यस अवधिमा कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच तीव्र प्रतिस्पर्धा रहेको छ, भने गत आर्थिक वर्षको तुलनामा नेपाल इन्स्योरेन्स र द ओरियण्टल इन्स्योरेन्सको बीमा व्यवसाय सर्वाधिक अंकले बृद्धि भएको छ ।

यस अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको व्यवसाय ५.६९ प्रतिशतले बृद्धि भएर दुई अर्ब ५९ करोड रुपैयाँ रहेको छ । कम्पनीका दक्ष उच्च व्यवस्थापक र सरहल र सहज बीमा दावी भुक्तानीका कारण व्यवसाय सर्वाधिक रहेको कम्पनीले जनाएको छ ।

सगरमाथा लुम्बिनी इन्स्यारेन्सको बीमा व्यवसाय ८.८० प्रतिशतले बृद्धि भएर दुई अर्ब ५५ करोड रुपैयाा रहेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ८.३९ प्रतिशतले बढेर दुई अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

सवैभन्दा बढी बीमा शुल्क आर्जन गरेको आधारमा:

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरणको आधारमा

साथै, यस अवधिमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको बीमा व्यवसाय गत आवको तुलनामा ४.५७ प्रतिशतले बृद्धि भएर एक अर्ब ७३ करोड रुपैयाँ रहेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवसाय २.४४ प्रतिशतले बढेर एक अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

गत आवको तुलनामा नेको इन्स्योरेन्सको व्यवसाय ३.२३ प्रतिशतले बृद्धि भएर एक अर्ब ६६ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १२.२८ प्रतिशतले बढेर एक अर्ब ४० करोड रुपैयाँ, ओरियण्टल इन्स्योरेन्सको ४३ प्रतिशतले बढेर एक अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सको ३.७३ प्रतिशतले बढेर एक अर्ब १९ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४५ प्रतिशतले बढेर एक अर्ब नौ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सको १ प्रतिशतले बढेर ६२ करोड रुपैयाँ रहेको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय २ प्रतिशतले बढेर ७१ करोड रुपैयाँ रहेको छ भने, युनाइटेड अजोड इन्स्योरेन्सको व्यवसाय ७ प्रतिशतले घटेर एक अर्ब २० करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सको ६ प्रतिशतले घटेर ९० करोड रुपैयाँमा सीमित बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*