६ महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकहरुले गरे एक अर्ब ६६ करोडको बीमा, कुन कम्पनीबाट कति पोलिसी काटियो ?

१० माघ २०८१, बिहीबार १२:३९

काठमाडौं । वैदेशिक रोजगारमा जानेहरुले अनिवार्य रुपमा बीमा हो । चालु आवको ६ महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बेचेर १ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरेका छन् । हाल नेपालमा सञ्चालित रहेका तीन लघु जीवन बीमासहित १४ कम्पनीले बैदेशिक रोजगारमा जाने नागरिकको बीमा गरेर उक्त प्रिमियम संकलन गरेका हुन् ।

नियामक नेपाल बीमा प्राधिकरणले बैदेशिक रोजगार बीमालाई पुलमार्फत सञ्चालन गर्ने निर्णय गरेको छ । सो अनुसार अहिले तथ्याङ्कमा जसले जति नै बैदेशिक रोजगार बीमा व्यवसाय गरेको देखिए पनि हिस्सा बाँडफाँड भने प्राधिकरणले तोके बमोजिम हुने हुनेछ ।

बीमा कम्पनीहरुले पुष महिनामा मात्र २८ करोड ३७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी वैदेशिक रोजगारवापत भित्र्याएका छन् । यसमा सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार बीमा प्रिमियम संकलन गरेका छन् । कम्पनीले २३ करोड ६१ लाख ७० हजार रुपैयाँ संकलन गरेका छन् ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार बीमा प्रिमियम संकलन गरेको छ । कम्पनीले ६८ करोड ६२ लाख २४ हजार रुपैयाँ संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरणको आधारमा

दोस्रोमा एशियन लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्मा रोजगार बीमालेख बिक्री गरेर ३५ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।, तेस्रोमा नेपाल लाइफ रहेको छ। कम्पनीले यस अवधिसम्ममा १४ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

नेसनल लाइफले ११ करोड, आइएमई लाइफले नौ करोड, सानिमा रिलायन्स लाइफले आठ करोड, सूर्यज्योति लाइफले ६ करोड, रिलायबल नेपाल लाइफले ६ करोड , सिटिजन लाइफले ४ करोड र हिमालयन लाइफले २२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

मेट लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले भने वैदेशिक रोजगार बीमा लेख बिक्री गरेको छैन । सबैभन्दा कम रकमको वैदेशिक रोजगार बीमालेख बिक्री गर्नेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको ६ महिनामा वैदेशिक जीवन बीमालेख बिक्री गरेर १५ लाख ६५ हजार रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका छन् ।

त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले नौ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले तीन लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफले आठ लाख रुपैयाँ प्रिमियम बैदेशिक रोजगारमा जाने नागरिकको बीमा गरेर संकलन गर्न सफल भएका छन् ।

माथिको तथ्याङ्क पोलिसी काटिएको मात्रैको हो । यसको औपचारिक गणना भने बीमा प्राधिकरणले तोके बमोजिम हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*