मेगा बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा बिशेष छुट पाउने

३१ भाद्र २०७८, बिहीबार १४:४९

काठमाडौं । मेगा बैंकका ग्राहकलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ। बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालले दिदै आइरहेको स्वास्थ्य उपचारमा विशेष छुट दिन गरी सम्झौता भएको हो ।

उक्त सम्झौता अनुरुप बैंकका ग्राहकहरुले डेबिट कार्ड तथा क्रेडिट कार्डको प्रयोग गरी जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशत छुट पाउनुका साथैे निः शुल्क एम्बुलेन्स सुविधा समते पााउनेछन् ।

त्यस्तै, आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिदमा १० प्रतिशत छुट र शल्यक्रियामा बिशेष छुटका साथै कोभिड पीसीआर परीक्षणमा २० प्रतिशत छुट पाउने अस्पतालले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*