सामलिङ पावरको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन

३१ भाद्र २०७८, बिहीबार १४:१७

काठमाडौं । सामलिङ पावर कम्पनीको आईपीओमा आवेदन दिने भोलि ( असोज १ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १८ गतेदेखी इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख कित्ता आईपीओ विक्रीमा ल्याएको हो ।

आयोजना प्रभावित इलाम नगरपालिका वडा न ८ र १० , माईजोेगमाई गाउपालिका वडा न ४ र ५ का स्थानीयका लागि २ लाख कित्ता र जिल्लाभरीका बासिन्दाका लागि ३ लाख कित्ता शेयर छुुट्याएको छ । आवेदनको लगानीकर्ताले सिद्धार्थ बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंकबाट न्यूनतम १० कित्ता देखी अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
कम्पनीको बिक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*