भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ४ जना नेपालीको निधन

१० माघ २०८१, बिहीबार ०९:५९

काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परेर ४ जना नेपालीको ज्यान गएको छ। उक्त दुर्घटनामा हालसम्म १३ जनाको ज्यान गएको छ भने त्यसमध्ये ४ जना नेपाली रहेको बताइएको छ।

बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाह फैलिएपछि भागदौड मच्चिएको थियो। यसैक्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरूको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

यो घटनामा ज्यान गएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ। ज्यान गुमाउनेमा लछिराम पासी, इम्तियाज अली, बाबु खार हिमु विश्वकर्मा लगायत रहेको विवरण सञ्चारमाध्यममा आएका छन्।

प्राप्त विवरणअनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि यात्रुहरूले इमर्जेन्सी रुपमा रेल रोक्न सिक्री तानेका थिए। रेल रोकिनासाथ यात्रुहरूको भागदौड मच्चिएको थियो, जसक्रममा विपरीत दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसले यात्रुहरूलाई ठक्कर दिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*