इलेक्ट्रो पावर कम्पनीले आईपीओ निष्कासन गर्ने
१० माघ २०८१, बिहीबार ०८:४६
काठमाडौं । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन १ गते विशेष साधारणसभा बोलाएको छ।
सभा काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि चल्नेछ। कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिले यो निर्णय गरेको हो।
सभामा शेयरको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारितका लागि पेश गरिनेछ।