शेयर बजारमा हरियालीः ९ अर्बको कारोबार, अब लिएको हो त लय ?

९ माघ २०८१, बुधबार १५:०६

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । तिन दिनदेखि सामान्य सुधार देखिएको शेयर बजार आज हरियालीमा देखियो । बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य पुँजी रहेको विश्लेषण गर्दै लगानीकर्ताले बजारलाई माथि लैजान सक्ने विश्वास गरेका छन् । हालसम्म अधिकांश कम्पनीले साधारण सभा सम्पन्न गरी लगानीकर्तालाई लाभांश वितरणसमेत गरिसकेका छन् । बैंक, विकास बैंक, र फाइनान्स कम्पनीको वित्तीय विवरण सार्वजनिक भएसँगै लगानीकर्तामा सकारात्मकता थपिएको छ ।

दोस्रो त्रैमासमा बैंकहरूको नाफा केही खुम्चिए पनि राष्ट्रियस्तरका विकास बैंकहरूले औसतभन्दा राम्रो मुनाफा गरेका छन् । वित्तीय विवरणले शेयर बजारमा प्रभाव पार्ने भएकाले लगानीकर्ताहरूले आगामी दिनमा अझै सुधारको अपेक्षा राखेका छन् ।

बाह्य अर्थतन्त्र सबल देखिनुका साथै सरकारले आन्तरिक अर्थतन्त्र चलायमान बनाउन पहल गरिरहेको छ । यी कारणले आगामी दिनमा शेयर बजारले सकारात्मक गति लिने विश्वास गर्न सकिन्छ । अर्थतन्त्रको सुधारले शेयर बजारलाई नयाँ उचाइमा पु¥याउने सम्भावना देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.३६ अकंले बढेर २६६५.४५ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ७६ लाख कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली हालेको छ । आज बैंकिङ समूहको १.३२ प्रतिशत, विकास बैंक समूहको २.७४ प्रतिशत, फाइनान्स समूहको ०.८९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बुधबार आज १९६ कम्पनीको शेयर मूल्य बढ्दा ३७ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*