छ महीनामा लघु जीवन बीमाको व्यवसाय ५१ करोडबढी, गार्डियन र क्रेस्ट प्रतिस्पर्धामा
काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनामा हाल सञ्चालनमा रहेका ३ वटा लघु जीवन बीमा कम्पनीहरूले ५१ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्ममा सबैभन्दा बढी गार्डियन माइक्रो लाइफले बीमा व्यवसाय गरेको देखिएको छ। कम्पनीले उक्त अवधिमा २० करोड २० लाख रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेको हो।
त्यसैगरी दोस्रोमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले १८ करोड ६४ लाख रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेको तथ्यांकले देखाएको छ। त्यस्तै लिवर्टी माइक्रो लाइफले पनि यस अवधिसम्ममा झण्डै १२ करोड ४५ लाख रुपैयाँबराबरको बीमा व्यवसाय गर्न सफल भएको छ।
यस अवधिसम्ममा तीनवटै कम्पनीहरूको कुल सक्रिय रहेको बीमालेखको संख्या ६ लाख ६९ हजार २४४ वटा रहेको छ।