दोस्रो त्रैमासम्ममा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ८० अर्ब ६६ करोड, कुनको कति ?
९ माघ २०८१, बुधबार १३:२७
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले ६ महिनाको अवधिमा सो बीमा शुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा नेपाल लाइफले सबैभन्दा बढी रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । कम्पनीले ६ महिनाको अवधिमा २२ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
साथै, नेशनल लाइफले नौ अर्ब ६० करोड रुपैयाँ, एलआइसी नेपालले नौ अर्ब ४६ करोड रुपैयाँ, हिमालयन लाइफले आठ अर्ब ३३ करोड रुपैयाँ र सूर्यज्योति लाइफले पाँच अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।