लिवर्टी ईनर्जीको अवितरित हकप्रद खरिदका लागि आवेदन दिने अन्तिम दिन
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले माघ २ गतेदेखि बिक्री खुला गरिरहेको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज माघ ९ गते अन्तिम दिन रहेको छ।
कम्पनीले इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले किन्न पाउने गरी शेयर बिक्री खुला गरिरहेको छ।
कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीका लागि मंसिर १६ देखि पुस ७ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ७५ लाख कित्ता हकप्रद खरिद आह्वान गरेकोमा ८ लाख २६ हजार ५७४ कित्ता शेयर बाँकी बसेको थियो।
कम्पनीले सोही बाँकी बसेको शेयर लिलामी प्रक्रियाद्वारा बिक्रीमा राखेको हो। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने शेयर खरिद गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदको मागसहित आवेदन दिन सकिनेछ।
आवेदन बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकका शाखा विराटनगर, वीरगंज, जाउलाखेल, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा पेश गर्न सकिनेछ। आवेदन फाराम पनि सोही स्थानमा पाइँनेछ।