एक्सेल डेभलपमेन्ट बैंकको १२% बोनस शेयर सुरक्षित गर्न आज अन्तिम दिन

३१ भाद्र २०७८, बिहीबार १२:५२

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर सुरक्षित गर्न आज (भदौ ३१ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले असोज १६ र १७ गते आयोजना गर्न लागेको साधारण सभा र लाभांश प्रयोजनको लागि असोज १ गते देखी १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । जसअनुसार आज भदौ ३१ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्र वार्षिक साधारण सभामा उपस्थित हुन र उक्त लाभांश पाउन योग्य मानिनेछ ।

कम्पनीको सभारण सभा झापाको विर्तामोड स्थित सिद्धार्थ होटलमा बिहान ११ बजेको लागि तय गरीएको छ । कम्पनीले आर्थिक वर्ष २०७६।०७७ को संचित मुनाफाबाट १२ प्रतिशतका दरले बोनस शेयर प्रस्ताव गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*