एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

३१ भाद्र २०७८, बिहीबार १२:३९

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषकोे ३ लाख ८१ हजार ९०२ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८४ हजार ८९२ कित्ता र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ५ हजार ६५ कित्ता शेयर बोलकबोलमार्फत बिक्रीमा आएको हो ।

भदौ २१ गते देखी बिक्रीमा ल्याएको नागरीक लगानी कोषले न्यूनतम शेयरमूल्य १ हजार २९४ रुपैयाँ, मेरो माइक्रोफाइनान्सले ५२९ रुपैयाँ र आरएमडिसी लघुवित्तले ५४१ रुपैयाँ तोकेको छ । आवेदकले आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनी वा जो कोही ब्यक्ति तथा संघ संस्थाले न्यूनतम १ सय कित्ता देखी अधिकतम सम्पूूर्ण कित्ताका लागि माग गरी एनआइसी एशिया क्यापिटलमा सम्पर्क राख्नु पर्नछ ।

३ वटै कम्पनीको बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*