६ महिनामा ८ खर्ब २२ अर्ब रुपैयाँको आयात, ३१.७८ प्रतिशतले बढ्यो निर्यात
७ माघ २०८१, सोमबार १५:५६
काठमाडौँ । चालु आर्थिक वषए २०८१/८२ को पहिलो ६ महिनामा निर्यात ठुला सफलता हासिल भएको छ । गत वर्षको सोही अवधिको पुष मसान्तसम्मको तुलनामा आयात ७.०६ प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, निर्यातमा भने उल्लेखनीय सुधार देखिएको छ, ३१.७८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
आयात–निर्यात अनुपात १०.२५ बाट घटेर ८.३२ पुगेको छ, जसले निर्यातको योगदानमा सुधारको संकेत गरेको छ । कुल वैदेशिक व्यापार ९.२५ प्रतिशतले वृद्धि भई ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
कुल व्यापारमा निर्यातको हिस्सा ८.८९ प्रतिशतबाट बढेर १०.७२ प्रतिशत पुगेको छ, जुन २०.६१ प्रतिशतको वृद्धिलाई संकेत गर्दछ । यता, आयातको हिस्सा भने २.०१ प्रतिशतले घटेर ८९.२८ प्रतिशतमा सीमित भएको छ ।