मानुषी लघुवित्तका लगानीकर्ता मालामाल, यी हुन् सर्वाधिक मूल्य बृद्धि भएका कम्पनी
७ माघ २०८१, सोमबार १५:१७
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार ६.७८ अंकले बढेको छ । बजार बढेसँगै मानुषी लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.०५ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, रिभर फल्स पावरको ७.७० प्रतिशत, दोल्ती पावरको ७.४७ प्रतिशत, मध्यभोटेकोशी जलविद्युतको ५.८४ प्रतिशत लगायतले शेयरमूल्य बृद्धि भएको छ ।