रिभर फल्सको सर्वाधिक कारोबार, यी हुन् सर्वाधिक खरिद–बिक्री भएका १० कम्पनी
७ माघ २०८१, सोमबार १५:०६
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार ६.७८ अंकले बढेको छ । बजार बढेसँगै रिभर फल्सको सबैभन्दा बढी कारोबार भएको छ । यस दिनकम्पनीको २४ करोड एक लाख रुपैयाँको कारोबार भएको छ ।
हिमालयन पावर पार्टनरको १८ करोड २० लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको १६ करोड ३४ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको १५ करोड ५० लाख रुपैयाँ र सिन्धु विकास बैंकको १३ करोड रुपैयाँको कारोबार भएको छ ।