नेपाल एसबीआई बैंकको नाफा ९० करोड, ईपीएससँगै अधिकांश सूचांकमा सुधार

७ माघ २०८१, सोमबार १३:५३

काठमाडौँ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित गरेको वित्तीय विवरण अनुुसार बैंकको नाफाका साथै प्रतिशेयर लगायतका वित्तीय सूचांकहरुमा सुधार आएको छ ।

समीक्षा अवधिमा बैंकले ९० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिको भन्दा ७.११ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले ८४ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज ७४ करोडबाट घटेर २३ करोड रुपैयाँमा झरेको छ । जसकारण नाफामा सुधार आएको हो । यता, खुद ब्याज आम्दानी पनि १३.७४ प्रतिशतले घटेर २ अर्ब २९ करोड रुपैयाँमा झरेको छ । गत वर्ष उक्त आम्दानी २ अर्ब ६५ करोड थियो ।

चुक्ता पुँजी १० अर्ब ५० करोड रुपैयाँ रहेको एसबीआईको जगेडा कोषमा ७ अर्ब ९३ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ १४ पैसाले बढेर १७ रुपैयाँ १५ पैसा ९वार्षिक० कायम रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८७.०७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*