जगदम्बा मोटर्सको ‘अनस्टपेबल फ्रिडम’ अफर सार्वजनिक

७ माघ २०८१, सोमबार १२:३७

काठमाडौं । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अनस्टपेबल फ्रिडम’ अभियान सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भि एफआई र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बीटीका ग्राहकलाई २ वर्षसम्म निःशुल्क स्पेयर पाट्र्स, इन्जिन तेल र सर्भिस सुविधा प्रदान गर्ने घोषणा गरेको छ। यो अफर बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ग्राहकका लागि लागू हुने बताएको छ।

टीभीएस अपाचे आरटीआर सिरिज उन्नत रेसिङ प्रविधि, उत्कृष्ट डिजाइन र सटिक ह्यान्डलिङका कारण दैनिक र रोमाञ्चक यात्राका लागि उपयुक्त भएको जगदम्बा मोटर्सले जनाएको छ। कम्पनीले ग्राहकलाई सहज बनाउन काठमाडौं उपत्यकामा ६० मिनेटभित्र स्पेयर पाट्र्स उपलब्ध गराउने व्यवस्था र बाइक खरिदमा आजीवन वारेन्टीको सुविधा दिएको पनि जानकारी दिएको छ।

जगदम्बा मोटर्ससँग नेपालभर १४० भन्दा बढी डिलर सञ्जाल रहेको छ। गुणस्तरीय उत्पादन र बिक्रीपछिको उत्कृष्ट सेवाका कारण टीभीएस नेपालमा सबैभन्दा रुचाइएको टू–ह्विलर ब्रान्ड बन्न सफल भएको कम्पनीले दाबी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*