वित्तीय रुपमा उल्लेख्य प्रगति गर्दै कामनाः ३२ करोड २४ लाख नाफा आर्जन, इपिएस पनि मजबूद

७ माघ २०८१, सोमबार ११:१४

काठमाडौँ । पछिल्लो ६ महिनामा मात्रै कामना सेवा विकास बैंकले ३२ करोड २४ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो ।

कम्पनीले आर्जन गरेको नाफा गत आर्थिक वर्षको सोहि अवधि तुलनामा २४.५५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २५ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३.६४ प्रतिशतले बढेर १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ९५ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको सञ्चालन नाफा ४६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी समेत १७ करोड ४५ लाख रुपैयाँबाट बढेर ३७ करोड ५५ लाख रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ६४ करोड सञ्चिति रहेको छ । कम्पनीको खराब कर्जा ४.३५ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १८.३७ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ पनि १५७.४६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*