धरापमा पोखरा फाइनान्सः दोस्रो त्रैमासमा देखियो टाट पल्टिने बाटो

७ माघ २०८१, सोमबार ०९:४७

काठमाडौँ । पोखरा फाइनान्स वित्तीय रुपमा निकै कमजोर देखिएको छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको कम्पनीको अधिकांश सूचक धरापमा रहेको हो । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खराब कर्जा ३३.४४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खराब कर्जा ४.७६ प्रतिशत रहेको छ । तर, राष्ट्र बैंकले ४१ प्रतिशत खराब कर्जा देखाएको थियो ।

दोस्रो त्रैमासमा फाइनान्सको पुँजीकोष ३.१७ प्रतिशतले ऋणात्मक देखाएको छ । राष्ट्र बैंकले पुँजीकोष भने ८ प्रतिशतभन्दा बढीले ऋणात्मक देखाएको थियो । कम्पनीको चुक्तापूँजी १ अर्ब ८ करोड रहेको छ ।

कम्पनी ६३ करोड ७९ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

फाइनान्सको प्रतिसेयर वितरणयोग्य घाटा बढेर १४३.३७ प्रतिशतले ऋणात्मक र वितरणयोग्य घाटा १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी समेत ५८.९३ रुपैयाँ ऋणात्मक रहेको छ भन् प्रतिशेयर नेटवर्थ ५३.९७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*