निफ्राको ९८ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
७ माघ २०८१, सोमबार ०९:४७
काठमाडौं । नेपाल इन्फा्रन्सट्रक्चर बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको नाममा रहेको ९८ लाख कित्ता शेयर बिक्रीमा राखेको छ।
यो शेयर बैंकले यसअघि नै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर खरिद प्रस्ताव गरेको थियो। तर तोकिएको म्यादसम्म संस्थापकबाट आवेदन नपरेपछि अहिले अन्य व्यक्ति र संस्थाले समेत खरिद गर्न पाउने गरी बिक्री खुला गरेको हो।
इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित ७ दिनभित्र आवेदन दिनु पर्नेछ। आवेदन काठमाडौं–१० बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा बुझाउनु पर्नेछ।
७ दिनभित्र शेयर खरिदका लागि आवेदन दिएका योग्य व्यक्तिहरू बैंकको संस्थापक शेयरधनी बन्नेछन्।