उच्च अंकले बजार घट्दा पनि १८ कम्पनीको मूल्य बृद्धि, यी हुन आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

३० भाद्र २०७८, बुधबार १५:५८

काठमाडौं । बुधबार नेपाली शेयर बजारमा ४० अंकको भारी गिरावट देखियो । यही गिरावटका बीचमा १८ वटा कम्पनीको शेयर मूल्य बृद्धि भएको नेप्सेको तथ्याङ्कले देखाएको छ । सर्वाधिक मूल्यबृद्धि हुने १० कम्पनीको सूचिमा पहिलो नम्वरमा परेको छ– मनकामना स्मार्ट लघुवित्त कम्पनी । त्यस्तै, दोस्रो नम्वरमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने तेस्रो नम्वरमा चिमिले हाईड्रोपावर परेको छ ।

त्यस्तै, ग्लोबल आईएमई स्मार्ट स्कीम, माउन्टेन इनर्जी नेपाल, नारायणी विकास बैंक, एनसीसी डिवेन्चर, आशा लघुवित्त वित्तीय सस्था, लक्ष्मी इक्वीटी फाण्ड र एनएमबी हाईब्रिड फण्डको शेयर मूल्य बृद्धि भएको छ ।

आज कुनै पनि कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छैन । मनकामना स्मार्ट लघुवित्तको सबैभन्दा बढि ८.२३ प्रतिशतले बृद्धि भएको छ भने न्यूनतम एनएमबी हाईब्रिड फण्डको मूल्य ०.८७ प्रतिशतले बृद्धि भएको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीले कसैले पनि नकारात्मक सर्किटको सामना गर्नु परेको छैन । नेप्सेको तथ्याङ्क अनुसार एनआईबिएल समृद्धि फण्ड १ को शेयर मूल्य सबैभन्दा बढि ६.८८ प्रतिशतले तल झरेको छ भने हुर्जाको ५.८३ प्रतिशत, गोर्खा फाइनान्सको ५.४१, रुरुको ४.८६ प्रतिशत, सिन्धु विकास बैंकको ४.४६ प्रतिशत, गुडविल फाइनान्सको ४.३१ प्रतिशतले घटेको छ ।

त्यस्तै, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको ३.९८ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य ३.८७ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*