नयाँ वर्षको अवसरमा ठमेलमा ‘चिनियाँ नया वर्ष परेड’ (तस्बिरहरू)

६ माघ २०८१, आईतवार १७:३७

काठमाडौँ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आइतबार काठमाडौँको ठमेलमा चिनियाँ र नेपाली कलाकारहरूले विभिन्न प्रस्तुति दिएका छन् । नेपालस्थित चिनियाँ राजदूतावासले आज ठमेलमा ‘चिनियाँ नया वर्ष परेड’ मनाएको छ ।

हिजो भक्तपुरको दरबार क्षेत्रमा नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सवको शुभारम्भ गरिएको थियो । यस पटक चिनियाँ नयाँ वर्ष नेपालमा एक महिनासम्म धुमधामका साथ मनाइँदैछ ।

सो अवसरमा चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीत समेत प्रस्तुत गरिएको थियो। यसअघि काठमाडौँको टुँडिखेलमा पनि चिनियाँ नयाँ वर्षको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाली र चिनियाँ कलाकारहरुले सांस्कृतिक नृत्य, गीत–संगीत प्रस्तुत गरिएको छ । परेड समारोहमा उपसभामुख इन्दिरा रानामगर र नेपालका लागि चिनियाँ राजदूत छन् सोङको उपस्थिति थियो ।

तस्बिरहरू

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*