दोहोरो अकंले बढ्यो बजारः २६ सयमा परिसूचक, फाइनान्स सेक्टरमा देखियो चमक

६ माघ २०८१, आईतवार १५:०५

काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । गत साता राताम्य भएर बन्द भएको बजारले यस साता भने हरियाली संकेत गरेको हो।

अब चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण आउन थाल्नेछ । रिपोर्ट सकारात्मक आयो र नाफा बढ्यो भने त्यसले बजारलाई माथि लैजान सहयोग गर्ने देखिन्छ । तर नाफा थप बिग्रिएको वित्तीय विवरणहरु आएमा भने त्यसले शेयर बजारलाई थप सुस्त बनाउन पनि सक्नेछ । अहिले केहि बैंक तथा वित्तीय संस्थालाई खराब कर्जा उठाउन नै धौधौ परेको अवस्था छ । बजारलाई अब आउने रिपोर्टले बाटो देखाउने आकंलन भइरहेको छ ।

अनुभवी लगानीकर्ताहरूका अनुसार आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका, लाभांश वितरण गर्ने र संस्थागत सुशासनमा राम्रो भएका कम्पनीहरूमा लगानी गर्न सल्लाह दिएका छन् । यस्तो रणनीतिले मात्र लाभांशको लाभ दिलाउने छैन, बरु बजारमा वृद्धिका क्रममा पुँजीगत लाभ पनि प्राप्त गर्न सकिन्छ। यसरी सेयर बजारमा लगानी गर्दा दीर्घकालीन सकारात्मक परिणामहरू आउन सक्ने संकेत गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अकंले बढेर २६०१.२१ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको १ करोड २९ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन फाइनान्स समूहको शेयर मूल्यमा उचाई आएको छ । फाइनान्स सेक्टर २.३२ प्रतिशतले बढेको हो । नेप्सेमा सूचीकृत १५ फाइनान्स मध्ये १४ कम्पनीको बढेको छ ।

साथै, आज बैंकिङ समूहको ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.४० प्रतिशतले शेयर मूल्य बढेको छ ।

आइतबार १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*