गाडी किन्न बैंकले दिए १ खर्ब ११ अर्ब ऋणः ग्लोबल र नबिलले दिए धेरै ऋण, ११ वटाले भने घटाए

६ माघ २०८१, आईतवार १३:४६

काठमाडौँ । वाणिज्य बैंकहरूले १ खर्बभन्दा बढी सवारी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कअनुसार २० वाणिज्य बैंकले सवारी साधन खरिदका लागि १ खर्ब ११ अर्ब ५८ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

गत आर्थिक वर्षको सोहि अवधिमा उक्त कर्जा लगानी २.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पाँच महिनाको अवधिमा वाणिज्य बैंकहरुले गाडी किन्नका लागि १ खर्ब ९ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यसअवधिमा ११ कम्पनीले सवारी कर्जा घटाएका छन् भने ९ बैंकले बढाएका हुन् ।

यसमा सबैभन्दा धेरै सवारी कर्जा प्रवाह गर्ने बैंक ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकले सवारी साधनमा कर्जा लगानी १५.५१ प्रतिशतले बढाएर १५ अर्ब ७३ करोड रुपैयाँ पुराएका छन् । दोस्रो स्थानमा नबिल बैंकले ११ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ७ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

सवारी कर्जा लगानीमा क्रमशः एनएमबि बैंकले ६ अर्ब ५६ करोड, सानिमा बैंकले ६ अर्ब ५६ करोड, हिमालयन बैंकले ६ अर्ब २ करोड, कुमारी बैंकले ५ अर्ब ९७ करोड, प्राइम कैंकले ५ अर्ब ८८ करोड, प्रभु बैंकले ५ अर्ब ३९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ३९ करोड, सिटिजन्स बैंकले ४ अर्ब ५४ करोड, सिद्धिर्थ बैंकले ४ अर्ब ४४ करोड, एभरेष्ट बैंकले ४ अर्ब ७ करोड र माछापुच्छ्रे बैंकले ३ अर्ब ८३ करोड कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, कृषि विकास बैंकले ३ अर्ब ७६ करोड, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३५ करोड, एनआईसी एशिया बैंकले ३ अर्ब १३ करोड, नेपाल बैंकले ३ अर्ब ६ करोड, नेपाल एसबिआई बैंकले २ अर्ब ४२ करोड र स्टान्र्डड चार्टड बैंकले २ अर्ब ७ करोड रुपैयाँ सवारी कर्जा दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*