मेरो माइक्रोफाइनान्सको साधारण सभाबाट दुई सञ्चालक निर्विरोध निर्वाचित
६ माघ २०८१, आईतवार ११:०७
काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा मिति २०८१ माघ ४ गते सम्पन्न भएको छ। साधारण सभाबाट समूह ख अर्थात् सर्वसाधारण सेयरधनी समूहतर्फबाट दुई सञ्चालक निर्विरोध निर्वाचित भएका छन्।
साधारण सभामा बद्रि प्रसाद पुडासैनी र ज्ञानुकृष्ण अधिकारी सर्वसाधारण समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नका लागि निर्विरोध निर्वाचित भएका हुन्।