गार्डियन माइक्रो लाइफको आईपीओ आज बाँडफाँड हुँदै

६ माघ २०८१, आईतवार ०८:३६

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ  आज बाँडफाँड हुँदैछ। कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार प्रिअलटमेन्ट भइसकेकाले आज बाँडफाँड गरिन लागेको हो।

सो आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका छन्। निष्काशन गरिएको कुल कित्ताको तुलनामा कुल आवेदन १२.५८ गुणा बढी हो।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेको हुँदा आइपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ ।

गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुँदा १ लाख ८४ हजार ५०० जनाले १०।१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*