बिजय लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
३० भाद्र २०७८, बुधबार १४:२२
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
कम्पनीले क्रेडिट डिर्पाटमेन्ट अन्तर्गत डेपुटी म्यानेजर र इन्टरनेट अडिट विभाग अन्तर्गत अफिसर र जुनियर अफिसर माग गरेको छ । जसका लागि स्नातक तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जानकारी गराएको छ ।
इच्छुक योग्यता पुगेका व्यक्तिले सम्पूर्ण कागजातसहित कम्पनीको आधिकारीक इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।
सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम
I’m interested