मेगा बैंकद्धारा सहुलियतपूर्ण कर्जाका लागि त्रिपुरासुन्दरी गाउँपालिका र उद्योग वाणिज्य संघ धादिङसँग सम्झौता

३० भाद्र २०७८, बुधबार १४:१८

काठमाडौं । मेगा बैंक, क्यापिटले सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्न दुई पक्षसँग सम्झौता गरेको छ । बैंकले त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वाणिज्य संघसँग सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा क्यापिटल मार्केट्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, मेगा बैंकका तर्फबाट प्रमुख, लघु तथा कृषि कर्जा पुण्य प्रसाद खनिया, त्रिपुरासुन्दरी गाउँपालिकाको तर्फबाट अध्यक्ष शम्भु कुमार थापा र धादिङ उद्योग वणिज्य संघका तर्फबाट कार्य समिति सदस्य सुमन घरेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उद्योग वणिज्य संघमा आबद्ध उद्योग व्यवसायीहरुले अब स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि मेगा बैंकको सहुलियतपुर्ण कर्जा पाउनेछन् ।

जसमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले धादिङ्ग उद्योग वाणिज्य संघ सँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*