पोखराको बिरौटामा लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

३० भाद्र २०७८, बुधबार १३:४०

काठमाडौं । लक्ष्मी बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ग्राहकलाई थप सेवा सुविधा दिने उद्देश्यले १३६ औं शाखा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १७ विरौटामा विस्तार गरेको हो ।

उक्त शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने राखेका लक्ष्य बैंकले छ ।

यो शाखा विस्तार सँगै बैंकको १३६ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६६ एटिएम, २ हजार भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित बैकिङ एजेन्ट पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*