मेगा बैंकको साढे ५९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

३० भाद्र २०७८, बुधबार १३:२९

काठमाडौं । मेगा बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समुह तर्फको ५९ हजार ६० कित्ता शेयर बिक्री गर्ने भएको हो ।
बैंकका संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेका शेयर बिक्रीका लागि आवदेन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात खुलाई बैंकको केन्द्रीय कार्यालय राइजिङ मल कमलादीमा निवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*