ओम मेगाश्री फार्मास्युटिकल्सले १८ लाख कित्ता आइपीओ जारी गर्ने, सेबोनले दियो अनुमति
३ माघ २०८१, बिहीबार १७:१४
काठमाडौँ । ओम मेगाश्री फार्मास्युटिकल्स कम्पनीले आइपीओ निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आइपीओ निष्कासनको लागि अनुमति दिएको हो ।
ओम मेगाश्रीले १८ लाख कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसअनुसार यस कम्पनीले १८ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।