मनकामना ईन्जिनियरिङ हाइड्रोपावरको संचालक र शेयरधनी दुबैको हात खाली, कम्पनीको अध्यक्ष जेलमै

३ माघ २०८१, बिहीबार १४:१४

काठमाडौं । शेयरधनीको हात खाली बनाएको मनकामना ईन्जिनियरिङ हाइड्रोपावर कम्पनीको संचालकले समेत हात खाली बनाएको पाईएको छ।

कम्पनीको सञ्चालकमा अध्यक्ष कृष्ण बहादुर उप्रेती सहकारी ठगी प्रकरणमा जेलमा रहेका छन् भने बोर्डका संचालकहरु पनि सहकारीसँग आवद्ध छन् ।

पुस २९ गते सम्पन्न सभामा सञ्चालकले भत्ता नलिएको जनाइएको छ । हाल कम्पनीको सञ्चालकमा अध्यक्ष कृष्ण बहादुर उप्रेती, सञ्चालक रामहरी बजगाई, सञ्चालक नारायाण दत्त तिमल्सिना, सञ्चालक राधेश्याम खड्का, सञ्चालक सीता ढकाल (पौडेल) र सञ्चालक बाल कुमार बास्तोला रहेका छन् ।

बजगाई सहकारी बैंकका पूर्व सञ्चालक हुन् । पौडेल नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को सञ्चालक हुन । बास्तोला जिल्ला सहकारी संघ काठमाडौंका महासचिव हुन् । खड्का सहकारील सहकारीका अध्यक्ष हुन् ।

हाइड्रोमा उप्रेतीको १ लाख कित्ता, बजगाईको १ लाख कित्ता, तिमल्सिनाको १ लाख कित्ता, खड्काको १ लाख, बास्तोलाताको १ हजार २ कित्ता र पौडेलको १ हजार ९०० कित्ता सेयर स्वामित्व रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/०८१ मा संचालक, प्रबन्धक सञ्चालकलाई पारिश्रमिक, बैठक भत्ता, मासिक भत्ता, दैनिक भत्ता केही पनि नदिएको जनाएको छ ।
कम्पनीले बैठक भत्ता बापत अध्यक्षलाई ३ हजार ५ सय र सञ्चालकलाई २ हजार ५ सय दिने निर्णय पारित गरेको छ । भत्ता भने दिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*