सिद्धार्थ बैंकद्वारा नगद लाभांश जम्मा

३ माघ २०८१, बिहीबार ०९:१८

काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । बैंकले पुस २८ गते २८ गते सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत नगद लाभांश (कर समेत) बुक क्लोज बन्द हुँदाका बखत अभौतिक रुपमा सेयर धारण गरेका हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खातामा पुस २८ गतेदेखि नै जम्मा गरेको हो ।

साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई आफ्नो निक्षेप सदस्यकोमा सम्पर्क गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । यसैगरी, भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा पनि सेयर अभौतिकीकरण भए पश्चात् स्वतः बैंक खातामा जम्मा गरिने हुँदा आफ्नो सेयर अभौतिकीकरण गराउनु बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले आग्रह गरेको छ ।

साथै, उक्त सेयर पुस १३ गतेसम्ममा धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भए पश्चात् मात्र बैंक खातामा जम्मा गरिने र सो मिति पश्चात् कर्जा चुक्ता भुक्तानी गरेका सेयरधनीहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात् मात्र बैंक खातामा नगद लाभांश रकम जम्मा गरिने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*