नेपाल टेलिकमको वालेट सेवा ‘नमस्ते पे’ संचालनमा

३० भाद्र २०७८, बुधबार १२:२२

काठमाडौं । नेपाल टेलिकमको वालेट पे ‘नमस्ते पे’ मंगलबार सोल्टी होटेलमा औपचारिक रुपमा सुरुवात गरिएको छ । अनलाईन भुक्तानीलाई सहज बनाउने उद्देश्यले ‘नमस्ते पे’ सुरु गरिएको हो ।

एक वर्ष अघि स्थापित कम्पनी नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ नामको डिजिटल भुक्तानी सेवा सुरु गरेको हो । नमस्ते पे मोबाईल वित्तीय सेवाको प्रथम चरणको व्यवसायिक संचालन भदौ २९ मंगलबार देखि सुरु भएको हो ।

यस डिजिटल भुक्तानी स्मार्ट फोनको अलावा अन्य किप्याड मोबाइलबाट पनि युएसएसडी प्रविधि (स्टार ह्यास)को माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत प्रयोग गर्न सकिनेछ ।

नेपाल टेलिकमले हाल उपलब्ध सो सेवा प्रयोगको लागि *500# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । प्रथम चरणको यस सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरु उपलब्ध हुनेछन् । साथै मोबाइल वालेटमा पैसा लोड गर्नको करिब ९ वटा बैंकहरुको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*