६० लाख धरौटीमा रवि लामिछानेलाई रिहा गर्न आदेश
२ माघ २०८१, बुधबार १७:१३
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति र पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिइएको अदालत स्रोतले जानकारी दिएको छ।
लामिछानेलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो।
यसअघि, कास्की अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।