१२४ कम्पनीको शेयरमूल्यमा हरियाली, यी हुन् सर्वाधिक कमाउने लगानीकर्ताहरु
२ माघ २०८१, बुधबार १५:०७
काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार पनि शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै आज १२४ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बुधबार दोल्ती पावर कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयर प्रतिकित्ता ७१ रुपैयाँले बढेको छ ।
साथै, सुपरमादी हाइड्रोपावरको ९.८१ प्रतिशत, बाराही हाइड्रोपावरको ८.३० प्रतिशत, स्वतगंगा हाइड्रोपावरको ८.१९ प्रतिशत र खानीखोला हाइड्रोपावरको ७.९२ प्रतिशतले बृद्धि भएको छ ।