एक महिनामा १९ हजार ग्राहकको विद्युत लाइन काटियो, १४ हजारको जोड्दा ७२ करोड बढी बक्यौता असुल

२ माघ २०८१, बुधबार १४:१३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय, अर्थ महाशाखाको प्रतिवेदन अनुसार २०८१ मंसिर २ गतेदेखि २०८१ मंसिर २८ गतेसम्मको अवधिमा असुली रकम सार्वजनिक गरेको छ। यस अवधिमा विभिन्न प्रदेशका प्रादेशिक कार्यालय र प्रदेश डिभिजन कार्यालयहरूबाट उपभोक्ताहरूको लाइन जोड र लागेका रकमको विवरण सार्वजनिक गरिएको हो।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै असुली लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलबाट भएको छ। यो कार्यालयले २४४० लाइन जोडीबाट कुल ३८ करोड ८३ लाख ४५ हजार ३६१ रुपैयाँ ४९ पैसा असुल गरेको छ। त्यस्तै, दोस्रो स्थानमा कोशी प्रदेशको प्रादेशिक कार्यालय, विराटनगर रहेको छ। यस कार्यालयले ३२९१ लाइन जोडीबाट कुल १८ करोड ११ लाख ४ हजार ४२२ रुपैयाँ २८ पैसा असुल गरेको छ।

मधेश प्रदेशको प्रादेशिक कार्यालय, जनकपुरले २८४२ लाइन जोडबाट ८ करोड २५ लाख ९४ हजार ७६१ रुपैयाँ ९४ पैसा असुल गरेको छ। बागमती प्रदेश अन्तर्गत काठमाडौँ प्रादेशिक कार्यालयले १५४८ लाइन जोडबाट ३ करोड १० लाख २२ हजार ८०५ रुपैयाँ ३५ पैसा असुल गर्न सफल भएको छ।

यसैगरी, बागमती प्रदेशको हेटौंडा प्रदेश डिभिजन कार्यालयले ७०४ लाइन जोडबाट २ करोड ५९ लाख ५१ हजार ४०५ रुपैयाँ ४१ पैसा असुल गरेको छ। गण्डकी प्रदेशको प्रादेशिक कार्यालय, पोखराले १२४८ लाइन जोडबाट १ करोड ७१ लाख २६ हजार १२१ रुपैयाँ ४७ पैसा असुल गरेको छ।

लुम्बिनी प्रदेशको नेपालगञ्ज डिभिजन कार्यालयले १६३३ लाइन जोडबाट १ करोड ३१ लाख ६६ हजार ५९५ रुपैयाँ ९४ पैसा असुल गरेको छ। कर्णाली प्रदेशको प्रादेशिक कार्यालय, सुर्खेतले १११२ लाइन जोडबाट ५० लाख ५६ हजार ८९५ रुपैयाँ १५ पैसा असुल गरेको छ भने सुदूरपश्चिम प्रदेशको अत्तरियामा रहेको प्रादेशिक कार्यालयले ८८८ लाइन जोडबाट २ करोड ५३ लाख ९५ हजार ३३२ रुपैयाँ ९७ पैसा असुल गरेको छ।

कुल हिसाब गर्दा प्राधिकरणले यो अवधिमा १९,२३२ लाइन जोडबाट ७२ करोड ३१ लाख ६४ हजार ३६० रुपैयाँ ६९ पैसा असुल गरेको छ। यस अवधिमा १४,१११ लाइन काटिएकोमा त्यसबाट २२ करोड ८४ लाख ५९ हजार ६९४ रुपैयाँ ३६ पैसा असुल गर्न सफल भएको छ।

बक्यौता नतिर्ने १९ हजारभन्दा बढीको विद्युत लाइन काटियो

प्राधिकरणले पुस २ देखि २८ गतेसम्मको अवधिमा बक्यौता नतिर्ने १९ हजार २३२ ग्राहकको विद्युत लाइन काटेको छ। यस अवधिमा ७२ करोड ३१ लाख ६४ हजार रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी रहेका ग्राहकको लाइन काटिएको हो।

सबैभन्दा धेरै ग्राहकको लाइन मधेश प्रदेशको प्रादेशिक कार्यालय जनकपुरले काटेको छ। यस कार्यालयमार्फत ६ हजार ३६८ ग्राहकको लाइन काटिएको छ भने १८ करोड ११ लाख ४ हजार रुपैयाँ बक्यौता रहेको छ। कोशी प्रदेशको प्रादेशिक कार्यालय विराटनगरले ३ हजार २९१ ग्राहकको लाइन काटेको छ। सो कार्यालयमा ३ करोड ५९ लाख ९५ हजार रुपैयाँ बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ।

सबैभन्दा बढी बक्यौता लुम्बिनी प्रादेशिक कार्यालय बुटवलमा देखिएको छ। यस कार्यालयमार्फत ३८ करोड ८३ लाख ४५ हजार रुपैयाँ बक्यौता रहेको छ भने २ हजार ४४० ग्राहकको लाइन काटिएको छ। बागमती प्रादेशिक कार्यालय काठमाडौंले १ हजार ५४८ ग्राहकको लाइन काटेको छ। यस कार्यालयमार्फत ३ करोड १० लाख २२ हजार रुपैयाँ बक्यौता रहेको छ। बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले ७०४ ग्राहकको लाइन काटेको छ। यस डिभिजनमा २ करोड ५९ लाख ५१ हजार रुपैयाँ बक्यौता रहेको छ।

सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले ८८८ ग्राहकको लाइन काटेको छ भने कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले १ हजार ११२ ग्राहकको लाइन काटेको छ। लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले १ हजार ६३३ ग्राहकको लाइन काटेको छ। गण्डकी प्रादेशिक कार्यालय पोखराले १ हजार २४८ ग्राहकको लाइन काटेको प्राधिकरणले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*