सांग्रिला डेभलपमेन्ट बैंकको २८ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्रीमा

३० भाद्र २०७८, बुधबार ११:०७

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुह तर्फको २८ हजार ७८४ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनी शोभा मिश्र र शशी कार्कीले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समिति उक्त शेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*