राष्ट्रिय बीमा कम्पनीका शेयरधनीहरूलाई लाभांश र कर्मचारीलाई बोनस दिन प्रतिबन्ध

२ माघ २०८१, बुधबार १३:२४

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीलाई लाभांश तथा बोनस वितरण गर्न बन्देज लगाएको खुलेको छ । गत असोज १३ गते प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदीले आव २०७४।०७५ को वित्तीय विवरण स्वीकृतिको बेला २१ बुँदे निर्देशन जारी गर्दै सो बन्देज लगाएको भेटिएको हो ।

प्राधिकरणका निर्देशक सुवेदीले राष्ट्रिय बीमा कम्पनीलाई असोज १३ गते वित्तीय विवरण स्वीकृत गर्दा नै सशर्त स्वीकृत गरेको भेटिएको छ । सो पत्र असोज १४ गते नै राष्ट्रिय बीमा कम्पनीमा दर्ता भइसकेको छ ।

प्राधिकरणले दिएको निर्देशनमा वित्तीय विवरणमा औंल्याइएका त्रुटी सुधार गर्न, कर्मचारीहरुलाई कुनै पनि बोनस नदिन र शेयरधनीहरुलाई लाभांश वितरण गर्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीभित्र आर्थिक घोटाला गर्ने कार्यमा संलग्न कर्मचारीलाई जिम्मेवार बनाएर कारवाही गर्न भनिएको छ । सो कारवाही गर्न भनिएको पत्र पाएको चार महीना बितिसक्दा पनि राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिले कुनै पनि कर्मचारीलाई कारवाही गरेको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*