‘मरिन इन्स्योरेन्स वर्कसप’ सम्बन्धी दुईदिने तालिमको औपचारिक सुरुवात, कर्मचारी उत्साहित
काठामाडौँ । इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसले आयोजना गरेको ‘मरिन इन्स्योरेन्स वर्कसप’ सम्बन्धि दुई दिने तालिमको औपचारिक सुरुवात भएको छ । काठमाडौंको दरबारमार्गमा रहेको होटेल रोयल सिङ्गीमा आयोजित उक्त तालिममा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका ४२ जनाबढी कर्मचारीको सहभागिता रहेको छ ।
निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका कर्मचारीहरुलाई मरिन इन्स्योरेन्स सम्बन्धि ज्ञान तथा क्षमता बढाउने उदेश्यले उक्त दुई दिने तालिम सञ्चालन गरिएको आयोजक इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसले बताएको छ । औपचारिक कार्यक्रमका प्रमुख अतिथी चंकी क्षेत्री र आयोजनक संस्थाका म्यानेजीङ डाइरेक्टर अन्जन ढकालले संयुक्त रुपमा दिप प्रज्वलन गर्दै दुईदिने तालिमको सुरुवात गरेका हुन् ।
बुधबार बिहान नौ बजेदेखि सुरुवात गरिएको तालिममा प्रमुख अतिथीको रुपमा नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहेका छन् । साथै, विशेष अतिथीको रुपमा नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष तथा प्रोफेसर डा. फत्त बहादुर केसी, आयोजक संस्थाका कर्मचारी, निर्जीवन र पुनर्बीमासहितको सहभागिता रहेको छ ।
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमक संघ तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्पूर्ण कर्मचारीहरुलाई नेपालले मरिन इन्स्योरेन्स सम्बन्धी सामना गर्नुपरेका समस्याको समाधान तथा चुनौतीबारे तालिम लिएर बीमा क्षेत्रलाई बलियो र विश्वासीलो बनाउन सुझाव दिएका छन् । प्रिफर्ड पार्टनस् इन्स्योरेन्स ब्रोकर (इण्डिया) का एक्सक्युटिभ डाइरेक्टर तथा सीईओ सामीरान लाहीरीले मरिन इन्स्योरेन्स वर्कशप सम्बन्धि तालिम दिइरहेका छन् ।