प्रहरीले समात्यो ठूलो मात्रामा रक्तचन्दन, कसले गर्दैछ अबैध धन्दा ?
काठमाडौं । प्रहरीले काठमाडौंबाट ठूलो मात्रामा रक्तचन्दन पक्राउ गर्न सफल भएको छ । वन सम्बन्धी अन्तर्राष्ट्रिय कानुन साईटिस ल अनुसार प्रतिबन्धित रक्तचन्दनको तस्करी फेरि सुरु भएको देखिएको छ ।
प्रहरीले समातेको रक्तचन्दन सम्बन्धी विवरण आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ । २०६३ देखि २०६५ सालसम्म व्यापक तस्करी भइरहने रक्तचन्दन त्यसयता कारोबार भएको प्रहरीको नोटिसमा थिएन ।
अहिले फेरि रक्तचन्दन कसले तस्करी गर्दैछ भन्ने आम चासोको बिषय बनेको छ । रक्तचन्दन तस्करी नेपालको बाटो हुँदै भारतबाट चीनको तिब्बततर्फ पुर्याइन्छ । सो रक्तचन्दन सिन्धुपाल्चोकका नेता तथा तातोपानी र रसुवा नाकामा मेस चलाउने व्यक्तिहरु पुनः उक्त तस्करीमा फर्केको अनुमान गरिएको छ ।
यसअघि मातृका यादव वन मन्त्री हुँदा करोडौं मूल्यमा रक्तचन्दन पक्राउ गरेका थिए ।