डलरको भाउले आज पनि बनायो रेकर्ड

२ माघ २०८१, बुधबार ०७:३४

काठमाडौं । अमेरिकी डलरको भाउले आज बुधबार पनि नयाँ रेडर्क कायम गरेको छ। यस दिन डलरको खरिदमूल्य १३८.३२ रुपैयाँ र बिक्रीमूल्य १३८.९२ रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च हो।

हिजो मंगलबार पनि नयाँ रेडर्क बनाउदै डलरको खरिदभाउ १३८.२३ रुपैयाँ र बिक्रीभाउ १३८.८३ रुपैयाँ कायम भएको थियो। पछिल्लो समय डलरको भाउ निरन्तरजसो बढ्दै गइरहेको छ।

आज एक यूरोको खरिददर १४१.९० रुपैयाँ छ भने बिक्रीदर १४२.५२ रुपैयाँ तोकिएको छ। यता अष्ट्रेलियन डलरको खरिदमूल्य ८५.५३ रुपैयाँ हुँदा बिक्रीमूल्य ८५.९० रुपैयाँ रहेको छ।

त्यस्तै १० जापानिज येनको खरिददर ८.७६ रुपैयाँ छ भने बिक्रीदर ८.८० रुपैयाँ छ। नेपाल राष्ट्र बैंकका अनुसार आज १०० दक्षिण कोरियन वनको खरिददर ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*