सिंहदरबार निरिक्षण गर्न जादै राष्ट्रपति रामचन्द्र पौडेल
२९ पुष २०८१, सोमबार १३:५४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल निरिक्षण गर्न सिंहदरबार पुग्ने भएका छन् । त्यसका लागि उनी २ः३०सिंहदरबार आउने कार्यक्रम छ ।
राष्ट्रपतिले सिंहदरबारको निरिक्षण गरेको सम्भवत पहिलो पटक नै हो । राष्ट्रपति रामचन्द्र पौडेलले निमार्णधिन सिंहदरबारको पुतली बगैंचा रहेको ठाउँमा एक सय ७३ रोपनी क्षेत्रमा संघीय संसद भवनको निरिक्षण गर्न जान लागेको राष्ट्रपति कार्यालयको स्रोतले बताएका छन् ।
यो भवन ६ अर्बभन्दा बढी रकम खर्च गरेर निर्माण भइरहेको छ।संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य संरचना निर्माण भइरहेको छ।
यो भवन शिलान्यास २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।