प्रभु इन्स्योरेन्सको लगानी साढे २ अर्ब, कुन क्षेत्रमा कति?
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म विभिन्न क्षेत्रमा गरी कुल २ अर्ब ४५ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कम्पनीले क वर्गको बैंकको मुद्दती निक्षेपमा ६० करोड १८ लाख रुपैयाँ लगानी गरेको छ। त्यस्तै ख वर्गको बैकमा १५ करोड ९५ लाख रुपैयाँ र ग वर्गको बैंकमा २ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ।
यस कम्पनीले सूचीकृत कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा ६ करोड रुपैयाँ लगानी गरेको छ भने कृषि उत्पादन, सौर्य ऊर्जा, सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा ४ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ।
त्यसैगरी २ करोड ६३ लाख रुपैयाँ नागरिक लगानी कोष र म्युचुअल फण्डमा लगानी गरेको छ भने १ करोड रुपैयाँ इन्भेष्टमेन्ट कम्पनीको शेयरमा लगानी गरेको छ।
त्यस्तै कम्पनीले अन्य लगानी अन्तर्गत सर्वाधिक १ अर्ब ४० करोड १५ लाख रुपैयाँ लगानी गरेको छ भने सरकारी बचतपत्र तथा ऋणपत्रमा ५० लाख रुपैयाँ लगानी गरेको छ।