मञ्जुुश्री फाइनान्सको थप तीन नयाँ शाखा कार्यालय बिस्तार

२९ भाद्र २०७८, मंगलवार १७:१९

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले थप तीन शाखा बिस्तार गरेको छ ।फाइनान्सले नवलपुरको गैडाकोट, चितवनको हाकिमचौक भरतपुर र पर्साको पर्साबजारमा आफ्ना शाखा कार्यालयको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन फाइनान्सका संचालन समितिका अध्यक्ष इन्दिरा पण्डित र संचालक समिति सदस्यहरुले गरेका थिए । बिस्तार गरिएका शाखा कार्यालयबाट फाइनान्सले दिर्दै आइरहेका विभिन्न वित्तीय सेवा दिइने जनाएको छ ।

फाइनान्सले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदर सुुविधा आफ्ना ग्राहकहरुलाई दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*