कहिले हुदैछ गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँट ?
काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाट अर्को साताको आइतबार हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार प्रि–अलोटमेन्टको कार्य माघ २ गते अर्थात बुधबार सम्पन्न भएको अवस्थामा आगामी साताको आइतबार (माघ ६ गते) बाँडफाड हुने निश्चित भएको छ ।
यदि प्रि–अलोटमेन्टको काम २ गते नसकीएको अवस्थामा आगामी साता चाही बाँडफाँड हुने तर आइतबार नहुने समेत क्यापिटलले जानकारी दिएको छ । अहिले प्रि–अलोटमेन्टको काम तीव्र गतीमा भैरहेको समेत क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीको आइपीओमा आवेदन दिन १७ लाख २३ हजार ९३१ जनाको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ८ हजार ३३१ जनाले २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत २ अर्ब ५२ करोड ७ लाख ६९ हजार रुपैयाँ संकलन भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेको हुँदा आइपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ ।
गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुँदा १ लाख ८४ हजार ५०० जनाले १०.१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।