इन्फिनिटी लघुवित्तको सञ्चालकमा डा. नेहा विष्ट नियुक्त
२९ पुष २०८१, सोमबार ११:४७
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा नेहा विष्टलाई नियुक्त गरिएको छ । बुढानीलकण्ठ–९ काठमाडौंमा ठेगाना भएकी विष्ट पेशाले डाक्टर हुन् ।
कम्पनी सञ्चालक समितिको पुष २८ गते बसेको ११२औं बैठकको निर्णयले संस्थापक शेयरधनीको तर्फबाट विष्टलाई सञ्चालक पदमा नियुक्त गरिएको हो ।